प्रेमबहादुर सिंह
अध्यक्ष : समाजवादी जनता पार्टी
- भुपू मन्त्री
- भुपू राष्ट्रिय सभा सदस्य
- भुपू प्रतिनिधि सभा सदस्य
- पहिलो संविधान सभा सदस्य
- दोस्रो संविधान सभा सदस्य
लेखकको परिचय
नाम : प्रेमबहादुर सिंह
ठेगाना : महाबै गा.पा. –४, कालिकोट
जन्म मिति : असार –७, २०१० (जुन २०,१९५३ )
शिक्षा
आइ .एस्सी. (जीव विज्ञान), साहित्य,कला, संविधान, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र, पत्रकारिता, दर्शन, विज्ञान तथा प्रविधि, अर्थशास्त्र, कानुन लगायत विभिन्न विधामा स्व–अध्ययन ।
अनुभव
क ) राजनीतिक दायित्व
अध्यक्ष – समाजवादी जनता पार्टी
उपाध्यक्ष – नेपाल मजदुर किसान संगठन ( बि.सं. २०३१–२०४७)
इन्चार्ज –मार्क्सवाद लेनिनवाद तथा माओत्सेतुङ विचारधारा अध्ययन मण्डल भेरी –कर्णाली (बि.सं. २०३२–२०३७)
केन्द्रिय सदस्य : नेकपा (एमाले) (बि.सं. २०४९–२०६१)
प्रवक्ता : संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन, नेपाल (बि.सं. २०६९–२०७०)
प्रवक्ता : ३० दलीय गठबन्धन (बि.सं. २०७१ – २०७२)
ख ) राजकीय दायित्व
मन्त्री : कानुन तथा न्याय (बि.सं. २०५३, २०५४ र २०६६ सालमा)
मन्त्री : खानेपानी तथा सरसफाई (बि.सं. २०७२ र २०७३ )
मन्त्री : विज्ञान तथा प्रविधि (बि.सं. २०७३–०७४)
सदस्य : राष्ट्रिय सभा (बि.सं. २०४८–२०५४)
सदस्य : प्रतिनिधि सभा (बि.सं. २०५६– २०६३)
सदस्य: संविधान सभा/ व्यवस्थापिका संसद (बि.सं. २०६४–२०६९)
सदस्य: संविधान सभा / व्यवस्थापिका संसद (बि.सं. २०७०–२०७४)
संवैधानिक समिति, राजनीतिक संवाद तथा सहमति समिति, संविधान मस्यौदा समिति, कार्य व्यवस्था परामर्श समिति, राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समिति, सार्वजनिक लेखा समिति, विधायन समिति, दुर्गम क्षेत्र समिति, कानुन न्याय तथा संसदीय समिति, संसदिय सुनुवाई विशेष समिति, सुरक्षा विशेष समिति,संविधानका विवादित विषय समाधान उच्च स्तरिय कार्यदल, विवाद समाधान उपसमिति, संविधान मस्यौदा एकिकरण कार्यदल लगायत संसद, संविधान सभा र व्यवस्थापिका संसदका विभिन्न समिति र उपसमिति, कार्यदलमा रही कार्य गरेको ।
विदेश भ्रमण
चीन, भारत, इजिप्ट, हङकङ, इटाली, जापान,रोमानिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, यु.ए.ई.,फ्रान्स, भेटिकन सिटि, इथोपिया, मलेसिया, ओमन ।
प्रकाशित कृतिहरु
१. सम्पादक : जनताको साहित्य (सन् १९७२, भारतबाट प्रकाशित )
२. सम्पादक : कन्दरा ( बि.सं. २०३९-२०४१ , नेपालबाट प्रकाशित )
३. संविधान सभा, राज्यको पुन:संरचना र समावेशी लोकतन्त्र: एक प्रस्ताव, २०६३
४. विभिन्न पत्र-पत्रिका, टिभी, रेडियो र अंलाइनमा
पदक तथा सम्मान पत्र
संबिधान निर्माणमा योगदान गरे बापत ‘संबिधान सभा पदक’ तथा ‘सम्मान पत्र’ प्राप्त ।
फोटोहरु
भिडियो
– पुस्तकमा नेपालको संविधान निमार्णको लागी पहिलो संविधान सभाले व्यतित गरेको १४६१ दिन (४ वर्ष १ दिन) र दोस्रो संविधान सभाले व्यतित गरेको ६३८ दिन (१ वर्ष ९ महिना ३ दिन) गरि संविधान सभाले संविधान निमार्णमा व्यतित गरेको जम्मा २०९९ दिन (५ वर्ष ९ महिना ४ दिन) को सम्पूर्ण घटना विवरण एवं विश्लेषण छ ।
– नेपालको संविधान निमार्ण र कार्यान्वयनका हरेक घटनाहरुमा लेखकको अनुभव र अनुभुति यो पुस्तकमा समावेश गरिएको छ ।
– सङ्घीय संसद् एवं प्रदेश सभाका माननीय सदस्यहरू, स्थानीय तहका पदाधिकारीहरू तथा व्यवस्थापीका, कार्यपालिका तथा न्यायपालिकाको तिनै तहको संरचना र संवैधानिक आयोगहरुको अध्यावधिक विवरण समावेश छ ।
– यो पुस्तक पहिलो संविधान सभा र दोस्रो संविधान सभाको चुनावमा संविधान सभा सदस्यमा निर्वाचित भई संविधान सभाको कार्यकालमा कानून तथा न्याय, खानेपानी तथा सरसफाई र विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका लेखकले संविधान निर्माणको अनुभवको आधारमा तयार पारिएको नेपालको संवैधानिक इतिहासको वृतान्त समावेश भएको ऐतिहासिक दस्तावेज हो ।
– सुशासन, दिगो विकास र समृद्धिसम्बन्धी विश्वव्यापी अभ्यास र नेपाल बारे यस पुस्तकमा विस्तृत व्याख्या गरिएको छ ।
पुस्तक download गर्ने बारे जानकारी
“संविधान निर्माण: घटना र अनुभूति” नामक पुस्तकलाई स्वदेश तथा विदेशमा रहनु हुने इच्छुक पाठक महानुभावहरुलाई सहज रुपले उपलव्ध हुन सकोस् भन्ने उद्देश्यले website तथा mobile App मा उपलव्ध हुने व्यवस्था गरिएको छ ।
विदेशमा वस्नु हुने महानुभावहरुले safari, chrome वा Google मा गएर prembahadursingh.com.np टाईप गरि WebSite हेर्न सक्नुहुनेछ । Web Site खुलि सकेपछि Payhip मा click गरेपछि Preview र Buy Now दुइवटा option देखिनेछ । Preview मा click गरेपछि पुस्तक वारे संक्षिप्त जानकारी पढन सक्नु हुनेछ । Buy Now अनि Buy with Card click गरेपछि तोकिएको मुल्य Credit/Debit Card (VISA, MasterCard, American Express) मार्फत pay गरेपछि सम्पर्ण पुस्तक download हुनेछ। download भएको पुस्तक जुनसुकै वेला र जहिले सम्म पनि पढन सक्नु हुने छ । अन्य जानकारीको लागी website को Home button (।।।) click गरे पछि विभिन्न menu देखा पर्ने छ । विभिन्न menu मा click गरेपछि विभिन्न जानकारीहरु उपलब्ध हुनेछ ।
स्वदेशमा वस्नुहुने महानुभावहरुले prem bahadur singh नामक mobile App download गरी पुस्तक वारे संक्षिप्त जानकारी र सम्पूर्ण पुस्तक download गरी पढ्न सक्नु हुनेछ । त्यसको लागि iphone मा App store मा गएर prem bahadur singh टाइप गरी Mobile App download गर्नुहोस् । अन्य mobile मा Google play (play store) मा गएर Prem bahadur singh टाईप गरी mobile App download गर्नुहोस् । mobile App मा click गरेपछि Home, profile र about तीन वटा option देखिने छ । Home button click गरेपछि register option देखा पर्ने छ । त्यसमा आफ्नो नाम, Email id , phone नम्वर र password type गरी register गर्नु होस् । register भै सकेपछि login मा click गर्नुहोस् । login मा email id type गर्नुहोस् । password मा पाँच वटा अङ्क टाइप गरी (जस्तै 12345) login गर्नुहोस् । login गरिसकेपछि Home button click गरेपछि preview र Get book दुइवटा option देखा पर्ने छ । Preview मा click गरेपछि पुस्तक बारे संक्षिप्त जानकारी पढ्न सक्नु हुनेछ । Get book मा click गरेपछि Fone pay देखा पर्ने छ । Fone pay मा click गरेपछि mobile banking र internet banking देखा पर्ने छ । त्यसमा तपाइको खाता जुन बैंङ्कमा छ click गरी scan गरी तोकिएको मूल्य Pay गरेपछि तपाइको Mobile App मा सम्पुर्ण किताव download हुनेछ । download भएको पुस्तक तपाईले जुनसुकै वेला र जहिले पनि पढन सक्नु हुनेछ ।
mobile app मा पुस्तक download गर्न रु १३००, रु ९०० र रु ७०० का तीन ओटा option उपलब्ध छन्। रु १३०० pay गरि download गरेमा मूल्य रु १५५५ को hardback १ प्रति र रु ९००० मा download गरेमा मूल्य रु १११५ को paperback १ प्रति निशुल्क उपलब्ध गराईने छ। सबै option मा mobile app मा download भई पढ्ने सुविधा उपलब्ध छ। कुनै व्यक्तिले hardback को लागि रु १४०० र paperback को लागि रु १००० तथा कुनै संस्थाले hardback को लागि रु २००० र paperback को लागि रु १५०० का दरले कृषि बिकाश बैंक कलंकी शाखाको खाता नं 0211001362792013 मा एक मुस्ट रकम जम्मा गर्नु भएमा एक मुस्ट पुस्तकहरु उपलब्ध गराईने छ।
थप जानकारीका लागि 9840050069 मा सम्पर्क गर्नुहोस।