एक जुगमा एक दिन एकचोटि आउँछ…… (फोटो फिचर)

३ असोज, काठमाडौं । ‘एक जुगमा एक दिन, एकचोटि आउँछ । उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ …’

 

गोपालप्रसाद रिमालले लेखेको गीतमा भनेझै आज नेपालका लागि त्यही दिन हो, जुन दिन जनताले आफ्ना जनप्रतिनिधिमार्फत बनाएको संविधान घोषणा भएको छ ।

दोस्रो जनआन्दोलन ०६२/६३ का उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीलाई संस्थागत गर्दै बनेको नयाँ संविधान जारी गरेको ऐतिहासिक दिनको हो आज ।

एक जुगमा एकपटक आउने दिनका लागि संविधानसभालाई यतिबेला दुलहीजस्तै सिंगारिएको छ ।

Share this content
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *